महाशिवरात्रीको तयारी बुझ्न पशुपतिनाथ पुगे पर्यटनमन्त्री [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ९ शुक्रबार
643
Shares
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपतिनाथ मन्दिर परिसरको निरीक्षण गरेका छन् ।
महाशिवरात्रीको पूर्व सन्ध्यामा महाशिवरात्री तयारीको अवस्थाबारे जानकारी लिन पर्यटनमन्त्री पाण्डे शुक्रवार बिहान पशुपतिनाथको मन्दिर पुगेका हुन् ।
फागुन १४ गते महाशिवरात्री रहेको छ । महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा मेला लाग्ने गर्दछ । भक्तजनहरूको पशुपति दर्शनका लागि भीड हुने गर्दछ ।
सोही भीड व्यवस्थापनका लागि तयारी के कस्तो भइरहेको छ भन्नेबारेमा बुझ्न मन्त्री पाण्डे पशुपतिनाथ मन्दिर जानुभएको हो । मन्दिर परिसरमा अहिले रङरोकन गर्ने काम जारी छ ।