arrow

प्रतिनिधि सभामा ऊर्जामन्त्री

कुलमानबारे ऊर्जामन्त्री खड्का - ‘उहाँ देवता होइन, अराजक गतिविधिमाथि लगाम त लाउनैपर्छ’ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ६ मंगलबार
deepak-khadka-09-30.jpg

काठमाडौँ । काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै मन्त्री खड्काले कार्यकारी निर्देशकले सरकारलाई नटेर्ने र सञ्चालक समितिका निर्णयहरू कार्यान्वयन गर्ने नगरेको आरोप लगाए । 

उनले विद्युतको क्षेत्रमा शतप्रतिशत लगानी सरकारकै भएको समेत उल्लेख गरे । उनले उन आएपछि लोडसेडिङ मुक्त नभई पहिले नै ट्रान्समिसन लाइन बनेका कारण भारतबाट विद्युत् आयात गरिएको बताए । उनले कुलमानले राम्रो काम गरेको भए विश्लेषण गरेर पुरस्कार गर्न सकिने भए पनि देवता मान्न नहुने बताए । 

उनले भने, ‘अहिले नेपाल विद्युत् प्राधिकरणका एमडीको कारणले लोडसेडिङ नभएर उत्पात भएजस्तो मान्नुहुन्छ । तत्कालीन अवस्थामा ८ वर्ष अगाडि नेपालको आवश्यकता लोडसेडिङ हुन नदिनका लागि साढे चार सय मेगावाटको आवश्यकता रहेछ । त्यो कम भएको विद्युत् भारतबाट ल्याइयो । भारतबाट विद्युत् ल्याउनका लागि त पहिले नै ट्रान्समिसन लाइन बन्नुपर्थ्यो होला नि । त्यो ट्रान्समिसन लाइन कसका कारणले बनेको हो ? अनि उहाँ देवता हुनुभयो ? अचम्म लाग्छ । उहाँले केही राम्रो काम गर्नुभयो होला । त्यसका लागि पुरस्कार के दिनुपर्छ दिउँला । सञ्चालक समिति निर्णय गर्छ उन कार्यान्वयन गर्नुहुन्न । सरकारलाई टेर्नुहुन्न । शतप्रतिशत लगानी सरकारको छ । कर्मचारीहरू भाषण गर्दै जानुहुन्छ । तपाईँले नोटिस गर्नुपर्छ उहाँको गतिविधिलाई यस्ता अराजक गतिविधिलाई सरकारले सधैँ हेरेर बस्ने कुरा त हुँदैन । लगाम त लाउनुपर्छ । तर एउटा कर्मचारीको विषयमा सम्मानित विषयमा किन यति ठूलो कुरा गर्नुपरेको मलाई अचम्म लागेको छ ।’

नेपाल सरकारको एक कर्मचारीको विषयलाई लिएर तथ्यहीन कुरा नगर्न उनले सबैमा आग्रह समेत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ