माओवादी र रास्वपाको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २९ मंगलबार
2.5k
Shares
काठमाडौँ । प्रतिपक्ष दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटलाई स्थगन गरेका हुन् ।
सभाको आकस्मिक समयमा नाम टिपाएको भए पनि नाम बोलाउन बिर्सिएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शून्य समय सकिएपछि उठेर आफ्ना धारणा राखे ।
बैठकमा शून्य समयको कारबाही सकिएपछि विशेष समयमा बोल्न नाम बोलाइसकेपछि सांसद खतिवडाले धारणा राखेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उठेर विरोध जनाए । लगत्तै नेकपा (माओवादी केन्द्र) का सांसदहरूले पनि उठेर विरोध जनाए ।
त्यसको बिरोधमा माओवादी र रास्वपा सांसदहरूले संसद नियमावलीअनुसार चल्न नसकेको भन्दै विरोध गरेका थिए । लगत्तै सभामुख घिमिरेले बैठक १५ मिनेटलाई स्थगन गरे ।