arrow

फेरि ओरालो लाग्यो नेप्से 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २२ मंगलबार
nepse-stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आइतबार अप्रत्याशित रुपले बढेको र सोमबार झिनो अंकले सुधार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार भने दोहोरो अंकले ओरालो लागेको छ । 

मंगलबार नेप्से १४.०८ अङ्कले घटेर दुई हजार ७१५ दशमलव ९१ मा झरेको छ । कारोबारमा विभिन्न ३१५ कम्पनीका एक करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर ९० हजार २०२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ मा कारोबार भएका छन् । 

जलविद्युत् र अन्य उपसमूहबाहेक अन्य उपसमूह घटेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट बैंकको नौ दशमलव ९८ प्रतिशत, मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आठ दशमलव २५ प्रतिशत, न्यादी हाइड्रोपावर लिमिटेडको आठ दशमलव १९ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आठ दशमलव १२ प्रतिशत र कालिका पावर कम्पनीको शेयर मूल्य आठ दशमलव ०५ प्रतिशतले बढेको छ ।

साथै कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबारपछि बजार पुँजीकरण रु ४५ खर्ब छ अर्ब १० करोड ९२ लाख सात हजार ९६१ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ