arrow

माओवादीका प्रमुख सचेतक पाण्डे भन्छन् – अध्यादेश ल्याउने प्रक्रिया उचित भएन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १८ शुक्रबार
hitraj-pandey-81-10-18y.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा रहेको विधेयकलाई फिर्ता नै नलिइकन नै अध्यादेश ल्याउने सरकारको प्रक्रिया उचित नभएको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै संसद्लाई प्रभावकारी बनाउने भन्दा पनि संसद्लाई छलेर जान खोज्ने प्रवृत्ति देखिएको आरोप लगाए । 

प्राकृतिक विपद्का कारण बीपी राजमार्ग, पूर्वपश्चिम राजमार्गमा नागरिकले कष्टकर जीवनयापन गर्नु परेको उल्लेख गर्दै उनले भूकम्पबाट पीडित नागरिकले प्रभावकारी राहत पाउन नसकेको गुनासो गरे । 

शान्ति प्रक्रियाको काम अगाडि बढ्न नसकेकामा असन्तुष्टि जनाउँदै सांसद पाण्डेले सङ्क्रमणकालीन न्यायसँग जोडिएका आयोग गठनमा किन ढिलाइ भएको हो ? भन्ने प्रश्न गरे । 

उनले महँगी नियन्त्रणमा सरकार चुकेको, निर्माण सामग्रीको चर्को मूल्यवृद्धि भएको, सहकारीपीडितले आफ्नो बचत फिर्ता पाउन नसकेको यथार्थ पेस गर्दै सरकार कतै देखिन नसकेको भनाइ राखे । 

सङ्घीयता कार्यान्वयनसँग जोडिएका विधेयक लामो समयसम्म समितिमा रोकिँदा समस्या खडा भएको उल्लेख गर्दै उनले कस्को कारणले जटिलता पैदा भएको हो भन्ने प्रश्न गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ