arrow

जुन अध्यादेशबाट जन्मियो, त्यही पार्टी अध्यादेश ठीक छैन भन्छ - योगेश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १८ शुक्रबार
yogesh-bhattarai-81-10-18t.jpg

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादीप्रति कटाक्ष गरेका छन् । अध्यादेशबाट जन्मिएको पार्टी भन्दै उनले त्यही पार्टीले अध्यादेश ठीक छैन भन्दै हिँडेको बताए ।

 ‘२०७८ सालमा १६ वटा अध्यादेश आएका रहेछन्, त्यतिबेला त एमाले सरकारमा थिएन, त्यो बेला एमाले पार्टी नै फुटाइयो,’ उनले भने, ‘जुन अध्यादेशबाट पार्टी जन्मियो, त्यही पार्टी अध्यादेश ठीक छैन भन्छ । के हुन लागेको यो अचम्मै हुँदैछ नेपालमा ।’

उनले केपी शर्मा ओलीले मात्रै अध्यादेश नल्याएको भन्दै पुष्पकमल दाहाल प्चण्डको पालामासमेत अध्यादेश आएको स्मरण गरे ।

उनले अध्यादेशका प्रावधान रहेको भन्दै उनले सरकारलाई संवैधानिक तरिकाले चलाउन अध्यादेश चाहिने बताए । उनले अध्यादेशका कन्टेन्टमा असहमति भए प्रतिस्थापन विधेयक ल्याउन दाहाललाई सुझाव दिए ।

‘प्रतिस्थापन विधेयक तपाईंकै नामबाट आओस्, छलफल गर्न तयार छौं,’ उनले भने।

सरकारले सुकुम्बासी समस्यादेखि उद्योगी व्यवसायीका समस्या समाधान गर्न अध्यादेश ल्याएको भन्दै आवश्यक छलफल गरेर पारित गर्नुपर्नेमा जोड दिए। उनले सरकारले ल्याएका सबै अध्यादेशको बचाउ गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ