arrow

विद्यादेवी एमालेमा फर्किन लागेको चर्चा

पूर्व राष्ट्रपति राजनीतिमा फेरि सक्रिय हुनु उचित होइन - प्रदीप ज्ञवाली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १६ बुधबार
gyawali-pradeep-10-16.jpg

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताएका छन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) मा फर्किन लागेको चर्चाबीच उनले यस्तो बताएका हुन् । 

उपमहासचिव ज्ञवालीले मुलुककै अभिभावक भइसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा उचित नहुने बताए । उनले राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतीकको रूपमा नवोदित संस्थाहरू भएको उल्लेख गर्दै उक्त संस्थाहरूलाई सुदृढीकरण गर्दै थप मर्यादित बनाउनु सबैको कर्तव्य रहेको समेत बताए । 

उनले पूर्व राष्ट्रपति भण्डारी अध्यक्ष पदमा लड्ने गरी एमालेमा सक्रिय हुन लागेको भाष्य निर्माण गरिएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको बताए । उनले पार्टीमा पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने नफर्किने विषयमा कुनै छलफल र बहस नभएको समेत स्पष्ट पारे । 

उनले भने, ‘राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतीकको रूपमा नवोदित संस्थाहरू हो । त्यो संस्थालाई सुदृढीकरण गर्नु र त्यसलाई थप मर्यादित बनाउनु हामी सबैको कर्तव्य हो । यस मामलामा सम्माननीय पूर्व राष्ट्रपति र उपराष्ट्रपतिज्युहरु सचेत नै हुनुहुन्छ भन्ने म ठान्दछु । सामान्यतः संवैधानिक राष्ट्राध्यक्ष हरू मुलुककै अभिभावक हो । त्यस अर्थमा नेकपा एमालेको अभिभावकको रूपमा पूर्व राष्ट्रपति हुनहुन्छ नै । तर मुलुककै अभिभावक भइसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा चाहिँ उचित हो जस्तो म ठान्दिन । सामान्य अवस्थामा पनि त्यो उचित हो भन्ने म ठान्दिन । कुनै असामान्य अवस्था उत्पन्न भयो भने हरेक व्यक्तिको भूमिका राष्ट्रले माग्छ । त्यस्तो बेलामा छुट्टै बहस गर्न सकिन्छ । तर तत्कालै उहाँ नेकपा एमालेको सक्रिया राजनीतिमा फर्किनुहुन्छ भन्ने बाहिर निर्माण गरेको भाष्य जस्तो अध्यक्षसँग प्रतिस्पर्धा गर्न खोज्न आउँदै हुनुहुन्छ भन्ने कुरा चाहिँ सही होइन । यसबारे उहाँले नै राष्ट्रलाई आवश्यक परेको बेला म आउन सक्छु भन्नुभएकै छ । पार्टीमा यस विषयमा कुनै कुरा र निर्णय पनि गरेको छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ