arrow

हर्क साम्पाङ सिंहदरबारमा, प्रहरीले खोस्यो रित्तो गाग्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
harka-sampang-gagri.jpg

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार पुगेका छन् । 

मेयर साम्पाङ धरानवासीको पानीको समस्या समाधान गर्न माग गर्दै खानेपानी मन्त्रीलाई भेट्न सिंहदरबार पुगेका हुन् । 

मंगलबार बिहान उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लाग्दा रित्तो गाग्री भने प्रहरीले खोसेको छ । 

साथै सिंहदरबार दक्षिण प्रवेश द्वारमा प्रहरीको निगरानी बढाइएको छ । 

मेयर साम्पाङले धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ