arrow

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमणको विरोध

कानून व्यवसायी कालोपट्टी बाँधेर प्रदर्शनमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ६ आइतबार
kalopatti-baar.jpg

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरुद्धमा कालोपट्टी बाँधेर कानून व्यवसायीहरूले विरोध जनाएका छन् । आइतबार नेपाल बार एशोसिएशनको परिसरमा कानून व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । सर्वोच्च अदालत बार एशोसिएशनको आह्वानमा बारका सदस्यहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाए । 

काठमाडौँ जिल्ला अदालमा सहकारी ठगी प्रकरणबारे बहस गरेर बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो । सोही विषयमा कानून व्यवसायीहरूले कानून व्यवसायीहरूको सुरक्षाको सुनिश्चितता प्रत्याभूति गर्न दबाब स्वरूप विरोध गरेका हुन् ।

विरोध कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले मुद्दाको बहस सकेर फर्किने क्रममा अदालत परिसरमै कानून व्यवसायीहरूमाथि आक्रमण हुनुले कानून व्यवसायी असुरक्षित रहेको प्रमाणित भएको र कानूनी दायरा फराकिलो बनाउनुपर्ने माग गरे । लोकतन्त्रमा पेशा, व्यवसाय गर्ने अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै सरकार यसमा गम्भीर हुनुपर्ने बताए । उसमा अदालत पनि गम्भीर हुनुपर्ने बताए ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले कानून व्यवसायीमाथि भएको कुटपिट निन्दनीय रहेको बताए । राजनीतिक दलका कार्यकर्ता र राजनीतिक दलले पनि गम्भीर रूपले लिनुपर्ने बताए । जमात मिलेर न्यायलाई दुत्कार्ने कोसिस न्याय प्राप्तिको लागि हिँडिरहेका कुनै पनि पक्षको लागि उचित नहुने बताए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कर्तव्यपालनको सिलसिलामा कानून व्यवसायीमाथि आक्रमण हुनु भनेको समग्र न्यायिक प्रक्रियामाथिको आक्रमण भएको बताए । न्यायको पवित्रतामाथिको आक्रमण गर्ने छुट कसैलाई नरहेको बताए । 

कानून व्यवसायीहरूले वकालत गरेबापत हुने हमला भनेको न्यायिक प्रक्रियाको अवरोध र अदालतको अवहेलना भएको बताए । यस्ता किसिमका गतिविधिहरू गर्ने व्यक्तिलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने बताए । त्रिपाठीमाथिको हातपात सिङ्गो कानून व्यवसायीहरूमाथिको हातपात भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ