arrow

देउवाले लिए पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगतिबारे जानकारी [भिडियो]

पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको देउवालाई 'ब्रिफिङ'

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३ बिहिबार
tejulal-ch.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका छन् । बिहीबार बिहान निजी निवास बुढानीलकण्ठमा बोलाएर सभापति देउवाले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन् । 

हालसम्म तीन जना मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए । उनले मन्त्रालयले सोचेअनुसारको काममा तीव्रता दिन नसकेको उल्लेख गरे । छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरूले सुझाव दिएको बताए ।

उनले भने, ‘नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरूको उपस्थिति भएको छ । त्यसमा नेपाली कांग्रेसको तर्फबाट आफूले सम्हालेको मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरूले आफूले सम्हालेको मन्त्रालयको बारेमा विस्तृत जानकारी दिइरहनुभएको छ । के राम्रा काम भए, कसरी प्रभावकारी बनाउने, कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने काम भइरहेको छ । अहिलेसम्म तीन वटा मन्त्रालयको विस्तृत जानकारी दिइएको छ । आफ्नो मन्त्रालयको ब्रिफिङ भइरहेको छ । उहाँहरूले सुझाव पनि दिनुभएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ