arrow

पर्यटन क्षेत्र चलायमान बनाउन जरुरी छ : मन्त्री पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
badri-30.jpg
फाइल तस्बिर

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन्।

काममाडौँमा नेपाल होटल व्यवसायी महासंघको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी काम अघि बढाइरहेको दाबी गरेका हुन्।

उनले नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिको देश भएकाले नेपालको पर्यटनको प्रचारप्रसारलाई तीव्र बनाउनुपर्ने बताए।

उनले नेपालको पर्यटकीय सम्भावना देखाउने माध्यम नागरिक उड्डयन क्षेत्र भएकाले हवाई उडानलाई सहज र सर्वसुलभ बनाउने गरी सरकारले काम गरिरहेको बताए।

उनले भने, ‘विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको छ। यसलाई सजिलो गरी देखाउने, छोटो समयमा धेरै देखाउनसक्ने माध्यम भनेको नागरिक उड्डयन क्षेत्र हो। हमी हेलिकप्टरबाट पनि जानसकौँ, जहाजबाट पनि जानसकौँ। विदेशबाट पनि हवाई सेवाबाट आउनसकौँ। हामीसँग जोडिएका संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छौँ। हामी यही महिनामा के योजना छ भने हाम्रो विषयगत सीमित छ। केन्द्रको मन्त्रीको अध्यक्षतामा संघ र प्रदेशका पर्यटनमन्त्रीहरु र स्थानीय तहसँग जोडिएको विषयगत समितिको बैठक बस्दैछौँ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ