काठमाडौँ । तनहुँको देवघाट मकर सङ्क्रान्ति स्नान गरिएको छ । मंगलबार बिहानै माघी स्नानको लागि भक्तजनहरूको देवघाटधाममा भीड रहेको थियो ।
नारायणी नदीमा स्नान गरी फर्किनेहरूको भीड देख्न सकिन्छ । विभिन्न स्थानबाट मकर सङ्क्रान्ति स्नानका लागि देवघाट पुगेका दर्शनार्थीहरु बिहानै देवघाटमा स्नान गरी फर्किन थालेका छन् । सोमबार नै स्नानका लागि दर्शनार्थीहरु देवघाटधाम पुगेका थिए ।