संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछ - मन्त्री पाण्डे [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २८ आइतबार
718
Shares
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल होटल व्यवसायी महासङ्घको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी काम अघि बढाइरहेको दाबी गरे ।
उनले नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिको देश भएकाले नेपालको पर्यटनको प्रचारप्रसारलाई तीव्र बनाउनुपर्ने बताए । उनले नेपालको पर्यटकीय सम्भावना देखाउने माध्यम नागरिक उड्डयन क्षेत्र भएकाले हवाई उडानलाई सहज र सर्वसुलभ बनाउने गरी सरकारले काम गरिरहेको बताए ।
उनले भने, ‘विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको छ । यसलाई सजिलो गरी देखाउने, छोटो समयमा धेरै देखाउन सक्ने माध्यम भनेको नागरिक उड्डयन क्षेत्र हो । हामी हेलिकप्टरबाट पनि जान सकौँ, जहाजबाट पनि जान सकौँ । विदेशबाट पनि हवाई सेवाबाट आउन सकौँ । हामीसँग जोडिएका संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छाँै । हामी यही महिनामा के योजना छ भने हाम्रो विषयगत समिति छ । केन्द्रको मन्त्रीको अध्यक्षतामा सङ्घ र प्रदेशका पर्यटनमन्त्रीहरु र स्थानीय तहसँग जोडिएको विषयगत समितिको बैठक बदैछौँ ।’