arrow

भारतको तेस्रो दिनमै काम तमाम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २१ आइतबार
rhishav-ind-aus-struggle.jpg
तस्बिर – गेट्टि इमेजेज ।

काठमाडौँ । भारतीय क्रिकेट टिम लज्जास्पद हारसहित घर फर्किने भएको छ । अष्ट्रेलिया विरुद्धको पाँचौँ तथा अन्तिम टेष्ट तेस्रो दिनमै ६ विकेटले हार्दै भारत पाँच खेलको श्रृंखला ३–१ ले गुमाउँदै घर फर्किने भएको हो । 

सिड्नीमा भएको पाँचौँ खेल तेस्रो दिनमै भारतले ६ विकेटले गुमायो । १६२ रनको सामान्य चुनौती अष्ट्रेलियाले ४ विकेटको क्षतिमा पूरा गर्यो । 

यो खेलमा निकै उतार चढाव आयो । नियमित कप्तान रोहित शर्माले आफू फर्ममा नभएकाले प्लेइङ ११ बाट आफ्नो नाम फिर्ता लिए । 

प्रशिक्षक गौतम गम्भीरले जसप्रित बुमराहलाई कप्तान बनाए । बुमराह पनि घाइते भएपछि दोस्रो इनिङ्समा बीचमै खेल छाडेर बाहिरिँदा अन्तिममा पूर्व कप्तान विराट कोहलीले कप्तानी सम्हाली खेल पूरा भयो । 

तर दुर्भाग्य भारतले लज्जास्पद हार बेहोर्यो । खेलमा भारतले पहिले ब्याटिङ गर्दै पहिलो इनिङ्समा १८५ रन बनायो । ऋषभ पन्तले ४० रन बनाए । जवाफमा अष्ट्रेलिया १८१ रनमा अलआउट भयो । 

चार रनले अग्रता लिएसँगै मनोबल उच्च हुनुपर्नेमा भारतले १५७ रनमात्र बनायो । ऋषभ पन्तले आक्रामक खेल्दै ३३ बलमा ६१ रन बनाएर आउट भए । स्कट बोलान्डले पहिलो इनिङ्समा चार तथा दोस्रो इनिङ्समा छ विकेट लिए । 

जवाफमा अष्ट्रेलियाले १६२ रनको चुनौती २७ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो । 

भारतले १० वर्षपछि बोर्डर–गावस्कर ट्रफी गुमाएको छ । 

यो लज्जास्पद श्रृंखला हारसँगै भारत पहिलो पटक आईसीसी वल्ड टेष्ट च्याम्पियनशिपको फाइनल प्रवेशबाट बाहिरिएको छ । 

अब फाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने लगभग तय छ । 

भारतीय प्रशिक्षक गौतम गम्भीरको प्रशिक्षणले गर्दा भारतीय टिम यतिबेला ध्वस्त भएको छ । उनले खेलाडीहरुलाई मिलाउन सकिरहेका छैनन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ