arrow

बुमराहको कप्तानी भारतलाई फाप्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २० शनिबार
jasprit-bumraha-cheers-25-1.jpg
तस्बिर – गेट्टि इमेजेज ।

काठमाडौँ । भारतीय क्रिकेट टिमका बलर जसप्रित बुमराहको कप्तानी भारतलाई शुभ हुने देखिएको छ । 

अष्ट्रेलिया भ्रमणमा रहेको भारतले नियमित कप्तान रोहित शर्माको अनुपस्थितिमा बुमराहले कप्तान सम्हाल्दा पहिलो टेष्टमा शानदार जित निकालेको थियो । 

त्यसपछि रोहितले कप्तानी सम्हाल्दा दुई खेलमा हार तथा एकमा बराबरी गरेको थियो । 

आफू फर्ममा नभएपछि रोहितले अप्रत्याशित तरिकाले पाँचौँ खेलको खेल्ने ११ को नामबाट आफ्नो नाम हटाएपछि फेरि बुमराहले कप्तानी सम्हालेका छन् । 

शुक्रबारदेखि पाँचौँ टेष्ट चलिरहेको छ । सिड्नीमा भइरहेको खेलमा भारतले पहिले ब्याटिङ गर्दै १८५ रनमात्र बनाएको छ । 

ऋषभ पन्तले सर्वाधिक ४० रन बनाएको इनिङ्समा रविन्द्र जडेजाले पन्तसँग पाँचौँ विकेटका लागि ४८ रनको साझेदारी गर्ने क्रममा २६ रन जोडे । 

कप्तान जसप्रित बुमराहले २२ रन बनाए । ७२ रन जोड्दा शुरुआती ४ विकेट गुमाएको थियो । 

खराब लयबाट गुज्रेका विराट कोहलीले ६९ बलमा १७ रनमात्र बनााए । रोहितको ठाउँमा आएका सुबमन गिलले ६४ बलमा मात्र २० रन जोडे । अष्ट्रेलियाका लागि स्कट बोलान्डले ४, मिचेल स्टार्कले ३ तथा पाट कमिन्सले २ विकेट लिए । 

जवाफमा बुमराहको कप्तानी शुभ देखिने क्रममा अष्ट्रेलियाको ब्याटिङ लाइन पनि ढलेको छ । 

शनिबार दोस्रो दिन १ विकेटको क्षतिमा ९ रनबाट अगाडि खेलेको अष्ट्रेलियाले ५१ ओभर क्रिजमा टिकेर १८१ रनमात्र बनाउन सक्यो । बेउ वेबस्टरले सर्वाधिक ५७ रन बनाए । 

मोहम्मद सिराज र प्रसिद्ध कृष्णले ३–३ तथा जसप्रित बुमराह र नितिशकुमार रेड्डीले २–२ विकेट लिए । 

चार रनले अग्रता लिएको भारतले दोस्रो इनिङ्स शुरु गर्दैछ । 

भारतीय प्रशिक्षक गौतम गम्भीरको प्रशिक्षणले गर्दा भारतीय टिम यतिबेला ध्वस्त भएको छ । उनले खेलाडीहरुलाई मिलाउन सकिरहेका छैनन् । 

अन्तिम खेल जित्दामात्र भारतले श्रृंखलामा बराबरी गर्न सक्नेछ । भारतले खराब लयबाट गुज्रेकै कारण आईसीसी विश्व टेष्ट च्याम्पियनशिपको फाइनल खेल्ने सम्भावना गुमाएको छ । 

आफूले आफैलाई खेल्ने ११ जनाको टिमबाट नाम हटाउने रोहित पहिलो कप्तान हैनन् । यसअघि धेरैले यसो गरेका छन् । तर कप्तान भनेको समग्र टिमको जिम्मा लिने खेलाडी हो । 

अब यसरी आफूलाई हटाएपछि रोहित फेरि टेष्टमा फर्केलान् कि सन्यास लेलान् त ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ