arrow

टेष्टमा भारत कमजोर, कप्तान रोहितले आफैँलाई हटाए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १९ शुक्रबार
kohli-aus-25-1-3.jpg
तस्बिर – गेट्टि इमेजेज ।

काठमाडौँ । भारतीय क्रिकेट अहिले निकै नै अताल्लिएको देखिएको छ । अष्ट्रेलिया भ्रमणमा रहेको टिमले टेष्ट श्रृंखलामा पहिलो खेल जिते बाहेक राम्रो प्रदर्शन गर्न सकेको छैन । 

शुक्रबारदेखि पाँचौँ टेष्ट चलिरहेको छ । सिड्नीमा भइरहेको खेलमा भारतले पहिले ब्याटिङ गर्दै ७२ रन जोड्दा शुरुआती ४ विकेट गुमायो । 

खराब लयबाट गुज्रेका विराट कोहलीले ६९ बलमा १७ रनमात्र बनाएका छन् । कप्तान रोहित शर्माले आफूलाई खेलबाट अलग राखेका छन् । उनको ठाउँमा सुबमन गिल आएका छन् । गिलले ६४ बलमा मात्र २० रन जोडे । 

प्रशिक्षक गौतम गम्भीरको प्रशिक्षणले गर्दा भारतीय टिम यतिबेला ध्वस्त भएको छ । उनले खेलाडीहरुलाई मिलाउन सकिरहेका छैनन् । 

रोहितको स्थानमा जसप्रित बुमराहले कप्तानी सम्हालेका छन् । बुमराहकै कप्तानीमा पहिलो खेल भारतले जितेको थियो । त्यसपछि रोहितले सम्हाल्दा एक खेल बराबरी हुँदा दुई खेल भारतले हारेको छ । 

अन्तिम खेल जित्दामात्र भारतले श्रृंखलामा बराबरी गर्न सक्नेछ । भारतले खराब लयबाट गुज्रेकै कारण आईसीसी विश्व टेष्ट च्याम्पियनशिपको फाइनल खेल्ने सम्भावना गुमाएको छ । 

आफूले आफैलाई खेल्ने ११ जनाको टिमबाट नाम हटाउने रोहित पहिलो कप्तान हैनन् । यसअघि धेरैले यसो गरेका छन् । तर कप्तान भनेको समग्र टिमको जिम्मा लिने खेलाडी हो । 

अब यसरी आफूलाई हटाएपछि रोहित फेरि टेष्टमा फर्केलान् कि सन्यास लेलान् त ? 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ