arrow

उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीलाई महासंघ अध्यक्ष ढकालको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ९ मंगलबार
chandra-dhakal-81-9-9.jpg

तनहुँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अब लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन् ।

आज तनहुँको भानु नगर महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी पुँजी परिचालनलाई महत्त्व दिँदै १० अर्ब पुँजीको लगानी कम्पनीसमेत स्थापना भएको जानकारी गराउँदै लगानी परियोजना प्रस्ताव गर्न आग्रह गरेका हुन् ।

नेपालको पर्यटन, ऊर्जा, सूचना प्रविधि र कृर्षि उत्पादनका क्षेत्रमा अवसर नै अवसर भएकाले लगानीका लागि वित्तीय प्रबन्ध जुटाउन तथा साझेदारी गर्न नयाँ कम्पनी बनेकाले यसबाट फाइदा लिन पनि स्थानीय उद्योगीहरुलाई आग्रह गरे ।

महासंघको आग्रहमा नेपाल सरकारले लगानीमा अवरोध हुने ठानिएका कानून सुधार गरिरहेकाले पनि लगानीका लागि उपयुक्त अवसर सृजना भइरहेको अध्यक्ष ढकालले उल्लेख गरे । 

पर्यटक आगमन बढिरहेको, रेमिटेन् मार्फत वैदेशिक मुद्रा पर्याप्त रहेको तथा बैंकिङ क्षेत्रमा पर्याप्त तरलता र ब्याजदर पनि सन्तुलित भइरहेकाले लगानीका लागि उपयुक्त समय आएको अध्यक्ष ढकालको भनाइ थियो ।

भानुभक्त आचार्यको जन्मस्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन र स्थानीय उत्पादनको प्रबर्धनमा भइरहेका प्रयासमा साथ दिइरहेको बताउँदै अध्यक्ष ढकालले भानु नगरलाई शुभकामनासमेत व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ