arrow

विमान भवनको चिम्नीमा ठोक्कियो, कम्तीमा १० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ८ सोमबार
plane-crash-brazil.jpg

काठमाडौँ । दक्षिणी ब्राजिलको ग्रामाडोमा आइतबार बिहान एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

“विमान एउटा भवनको चिम्नीमा ठोक्कियो र त्यसपछि फर्निचर स्टोरमा खस्यो,” रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ । 

“नागरिक सुरक्षाले नौ जनाको मृत्यु भएको पुष्टि गरेको छ र विमानमा कोही पनि जीवित छैनन्,” राज्य सिभिल पुलिसको आन्तरिक पुलिस विभागका निर्देशक क्लेबर डोस सान्तोस लिमाले एएफपीलाई बताए ।

कम्तिमा १५ जनालाई अस्पताल लगिएको थियो, जसमध्ये अधिकांश घाइते भएका थिए ।

विमान रियो ग्रान्डे डो सुलको अर्को पर्यटकीय सहर क्यानेला नगरपालिकाबाट उडेको थियो ।

ग्रामाडो ब्राजिलको एक लोकप्रिय पर्यटक सहर हो, जहाँ क्रिसमसको मौसममा पर्यटकहरूको उल्लेखनीय आगमन हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ