arrow

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि ‘नोट अफ डिसेन्ट’ लेख्ने माओवादीको तयारी [भिडियो]

यसरी भएको सहमतिले सरकार राजनीतिक दलहरूको गला रेट्ने पासो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ७ आइतबार
gopal-kirati.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी गरेको छ । विधेयकमा नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाई कारागारभित्र रहेका नेता कार्यकर्ताहरूको रिहा तथा सम्पूर्ण मुद्दाहरू खारेज गर्न सरकार सहमत भएको निर्णय भएपछि माओवादी केन्द्रले नोट अफ डिसेन्ट लेख्ने तयारी गरेको हो । 

नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच देशको राजनीतिक समस्या वार्ता तथा संवादमार्फत समाधान गर्न सहमत भएको आधारमा दफा ६४ आएकोले आफ्नो पार्टीले नोट अफ डिसेन्ट लेख्ने बताए । उनले यसरी भएको सहमतिले सरकार राजनीतिक दलहरूको गला रेट्ने पासो बनाइरहेको बताए । 

उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन कारागारभित्र रहेका नेता तथा कार्यकर्ताहरूको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ । नेपाल कम्युनिष्ट पार्टी आफ्ना सबै क्रियाकलपाहरु शान्तिपूर्ण ढङ्गले गर्ने कुरामा सहमत भएको छ । नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्या वार्ता तथा संवादमार्फत समाधान गर्न सहमत भएका छौँ भन्ने आधारमा दफा ६४ आएको हो भन्ने मलाई लाग्छ । हुन त अहिले विभिन्न कोणबाट प्रतिक्रियाहरू आइरहेका छन् । सहमति गरे नराम्रो हुन्छ भन्ने पनि प्रतिक्रियाहरू आएका छन् । यसरी सहमत गरेको भए सरकार राजनीतिक दलहरूको गला रेट्ने पासो पनि बनाउँदै छ भन्ने प्रतिक्रिया पनि आएका छन् । यसमा हाम्रो दलको तर्फबाट नोट अफ डिसेन्ट चाहिँ हुन्छ । त्यस बेला तत्कालीन मन्त्रीज्यूले ल्याएको प्रस्ताव राख्नुपर्छ भन्ने मेरो जिकिर रहन्छ ।’

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद्को हिउँदे अधिवेशनमा संसद्मा पेस गर्ने समितिको तयारी छ । विधेयकमा २१ वटा बुँदामा छलफल गर्न बाँकी छ । विभिन्न ७९ वटा कानूनलाई संशोधन गर्न उक्त विधेयक ल्याइएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ