भारतबाट विद्युत् आयात नगरे १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था छ - अध्यक्ष कार्की [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
700
Shares
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले भारतबाट विद्युत् आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बताएका छन् । बिहीबार काठमाडौँमा इप्पानले २५ औँ वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती मनाउने सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले नेपाल जलविद्युतको धनी देश,विद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि अहिलेदेखि लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बताए ।
उनले भारतले विद्युत् दिन छोड्ने हो भने नेपालले १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बारम्बार भन्दै आएको बताए । उनले १२ महिना मुलुकलाई लोडसेडिङ मुक्त गर्न नेपालमा भएको स्रोतलाई लगानीमार्फत विद्युत् उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए । उनले विद्युत् निर्यातको लागि भारत र बंलादेशसँग सम्झौता भए पनि विद्युत् उत्पादनको लागि कुनै पनि काम अघि बढ्न नसकेको उल्लेख गरे ।
उनले विद्युत् उत्पादनको लागि रोकिएको पीपीए तत्काल खुला गर्न आवश्यक रहेको बताए । उनले २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लागि ६७ खर्ब र ट्रान्समिसन लाइनमा १० खर्ब लगानी आवश्यक रहेको बताए । उनले स्वदेशमा भएको पुँजी लगानी गर्नुपर्ने भए पनि सार्वजनिक लेखा समितिले आइपीओमा गएका कम्पनीले ३३ प्रतिशत शेयर बेच्न पाइँदैन भनेर लगाम लगाउनु जायज नभएको बताए ।
उनले भजे,‘ नेपाल जलविद्युतको धनी देश,विद्युत् उत्पादनको प्रचुर सम्भावना भएको देश तर हामीले अहिलेदेखि लोडसेडिङ भोग्ने हो कि भन्न थालेका छौँ । भारतले विद्युत् दिन छाडेको हो भनेका छौँ । मैले धेरै पटक भनी सके । भारतले विद्युत् नदिने हो भने नेपालले १० घण्टा लोडसेडिङ भोग्नुपर्छ । १२ महिना मुलुकलाई लोडसेडिङ मुक्त गर्न के गर्नुपर्छ भनेर खोज्नुपर्ने दिन आएको छ । विद्युत् निर्यातको लागि भारत र बंलादेशसँग सम्झौता भएको छ तर अगाडि बढ्न सकेको छैन । विद्युत् उत्पादनको लागि पीपीए रोकेर बसेको छ । २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लागि ६७ खर्ब र ट्रान्समिसन लाइनमा १० खर्ब लगानी आवश्यक छ । स्वदेशमा भएको पुँजी लगानी गर्नुपर्ने हुन्छ । सार्वजनिक लेखा समितिले आइपीओमा गएका कम्पनीले ३३ प्रतिशत शेयर बेच्न पाइँदैन भनेर लगाम लगाउँदै छ । सरकार विद्युत् उत्पादनमा लगानी आवश्यक भन्छ तर सरकारका निकायहरू रोक्ने काम गरेका छन् । नेपालीहरूले उत्पादन गरेका विद्युत्ले लोडसेडिङ मुक्त गराउने हो भने अब फास्ट ट्र्याकमा हिँड्नुपर्ने बेला आएको छ ।’