arrow

भारत र अष्ट्रेलियाबीचको तेस्रो टेष्ट बराबरीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ३ बुधबार
aus-ind-afp-getty.jpg

काठमाडौँ । भारत र अष्ट्रेलियाबीचको तेस्रो टेष्ट क्रिकेट बराबरीमा सकिएको छ । ब्रिसबेनमा भएको खेलमा २७५ रनको चुनौती पछ्याएको भारतले पाँचौँ दिनको समाप्तिसम्म कुनै विकेट नगुमाइ ८ रन बनायो । 

खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४४५ रन बनायो । जवाफमा भारतले मुस्किलले फलोअन जोगाउँदै २६० रन बनायो । 

निरन्तर वर्षाले प्रभावित खेलमा फलोअन जोगाएसँगै भारतले खुशी मनाएको थियो । दोस्रो इनिङ्समा अन्तिम दिन तीव्र गतिमा रन जोड्ने क्रममा अष्ट्रेलियालृ ७ विकेटको क्षतिमा ८९ रन बनाएर इनिङ्स समाप्ति गरेको थियो । 

खेलमा भारतीय बलर जसप्रित बुमराहले ९ विकेट लिए । १६९ रन बनाउँदै १ विकेटसमेत लिएका ट्राभिस हेड प्लेयर अफ द म्याच भए । 

पाँच खेलको श्रृंखलाको पहिलो खेल भारतले र दोस्रो खेल अष्ट्रेलियाले जितेको थियो भने तेस्रो खेल बराबरी भएको छ । चौथो खेल मेलबर्नमा २६ डिसेम्बरदेखि हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ