arrow

अष्ट्रेलियासँग फनोअन जोगाउँदा भारत खुशी, बलरले गरे कमाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २ मंगलबार
akash-deep-jusprit-bumraha-.jpg
तस्बिर – गेट्टि इमेजेज ।

काठमाडौँ । भारत र अष्ट्रेलियाबीचको तेस्रो टेष्ट क्रिकेट बराबरीतर्फ अगाडि बढेको छ । भारत फलोअन जोगाउन संघर्षरत रहँदा अप्रत्याशित रुपले बलरहरुले कमालको ब्याटिङ गरेसँगै भारतले खुशी मनाएको हो । 

ड्रेसिङ रुममा प्रशिक्षक गौतम गम्भीर, कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीको खुशीले गर्दा यो खेलको महत्व झल्काएको हो । 

ब्रिसबेनमा भइरहेको खेलमा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ४४५ रन बनायो । ट्राभिस हेडले १५२ तथा स्टेभेन स्मिथले १०१ रन बनाए । 

भारतका लागि जसप्रित बुमराहले ६ विकेट लिए । 

जवाफमा पटक पटक वर्षाले खेल अवरुद्ध हुँदा धमाधम विकेट गुमाएको भारतले चौथो दिनको समाप्तिसम्म ९ विकेटको क्षतिमा २५२ रन बनाएको छ । केएल राहुलले ८४ रन बनाउँदा बाँकी कमाल बलरहरुले गरेका छन् । 

रविन्द्र जडेजाले ७७ रन बनाए भने दशौँ विकेटका लागि आकाश दीप र जसप्रित बुमराहले ३९ रनको साझेदारी गरिसकेका छन् ।

दीपले ३१ बलमा एक छक्का र दुई चौकासहित २७ रन बनाइसकेका छन् ।

त्यस्तै बुमराहले २७ बलमा अविजित रहँदै १० रन बनाएका छन् । फलोअन बचेसँगै पाँचौँ तथा अन्तिम दिन खेल बराबरीमा सकिने भारतको आशा छ । 

अष्ट्रेलियाका लागि पाट कमिन्सले ४ तथा मिचेल स्टार्चले ३ विकेट लिएका छन् । 

यसअघिका खेलमा एक एकको बराबरी भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ