arrow

लोडसेडिङ हुन नदिन भारतबाट ६५० मेगावाट विद्युत् आयात गरिने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १ सोमबार
urjamantri-08-01.jpg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात गर्न लागिएको बताएका छन् । मन्त्री खड्काले नेपाल भित्रको आन्तरिक विद्युत् आपूर्तिलाई सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावाट विद्युत् खरिद गर्न लागिएको बताए । 

मन्त्री खड्काले हिउँदमा विद्युत् आपूर्ति सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावाट विद्युत् आयात गर्ने सहमति भए अनुरुप पुस महिनादेखि नै खरिद गरिने बताए । उनले गत वर्षको बाढीले जलविद्युत आयोजनाहरूमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिनको लागि भारतसँग विद्युत् पुस महिनाबाट खरिद गर्न लागिएको बताए । उनले सरकारले क्षति भएका आयोजनाहरूको निर्माणमा तीव्रता दिएको भन्दै विद्युत् माग र आपूर्ति सहज बनाउने विषयमा गम्भीर रहेको बताए । 

मन्त्री खड्काले गत वर्षको भन्दा साढे ३ सय मेगावाट जति यस वर्ष उत्पादन थप हुने र हिउँदमा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने भएकाले सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएको बताए । उनले बेलुका साँझको बेला भारतले चार घण्टा दिन सक्ने बताए पनि भारतसँग थप छलफल गर्ने तयारी रहेको बताए । उनले भारतका ऊर्जा मन्त्री नेपालमा आउने तयारी रहेको भन्दै भारतका ऊर्जा मन्त्री नेपाल आएको बेलामा छलफल गरिने बताए । उनले केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान भए पनि सकेसम्म हुन नदिने योजना रहेको बताए । 

उनले भने,‘भारत भ्रमणको समयमा भारतका मन्त्री र सचिवसँग वृहत् छलफल भएर सुख्यायाममा साढे ६ सय मेगावाट विद्युत् खरिद गर्ने निर्णय भयो । पुस देखि लागू गर्दछौँ । गत वर्षको बाढीले जलविद्युत आयोजनाहरूमा धेरै क्षति भयो । क्षति भएका आयोजनाहरूको निर्माणमा तीव्रता दिएका छौँ । विद्युत् माग र आपूर्तिको विषयमा सरकारले हिसाब गरेको छ । गत वर्षको भन्दा साढे ३ सय मेगावाट जति यस वर्ष उत्पादन थप हुने र हिउँदमा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने छ । सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएका छौँ । बेलुका साँझको बेला भारतले चार घण्टा दिन सकिँदैन भनेको छ । भारतका ऊर्जा मन्त्री नेपालमा आउने कुरा छ । उन आएको बेला नेपालको माग र आपूर्तिलाई हिसाब गरेर दुई घण्टामा छोट्याउन सक्छौँ । यसरी विद्युत् माग र आपूर्तिलाई सम्बोधन गर्ने गरी तयारी छ । केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान छ । तर विगतको जस्तो अहिले पनि फरक पर्ने स्थितिमा छैनौँ । नेपालले ९ सय मेगावाटसम्म आपूर्ति गर्ने गरेका थियौँ । साढे ६ सय मेगावाट आपूर्ति गर्ने भयौँ । नेपालभित्रै साढे ३ सय मेगावाट थप हुने भयो । यसले विद्युत् सप्लाइलाई खासै ठूलो असर पर्दैन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ