arrow

पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका चुनौतीहरू डरलाग्दा छन् - वनमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २६ बुधबार
banmantri-09-27.jpg

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका चुनौतीहरू डरलाग्दो रहेको बताएका छन् । बुधबार ललितपुरमा अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका डरलाग्दा चुनौतीहरू रहे पनि सम्बोधन गर्न नसकिने किसिमका नरहेको उल्लेख गरेका हुन् । 

उनले पर्वतीय इकोसिस्टमको संरक्षण गर्नका लागि पर्वतीय समुदायको क्षमता विकास र आवश्यकता पहिलो प्राथमिकता भएको बताए । उनले हिमाली क्षेत्रको जैविक विविधता संरक्षण, स्थानीय समुदायको जीविकोपार्जनमा टेवा दिन तथा उनीहरूको जलवायु उत्थानशील भविष्यको लागि एकताबद्ध भएर काम गर्न आग्रह गरे । उनले जथाभाबी गरिएका भौतिक विकास, वन अतिक्रमण, वन फडानी, मानव-वन्यजन्तु द्वन्द्वले हिमालहरू जलवायु जोखिमको चपेटामा परेको बताए । उनले जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तनले बाढी, पहिरोजन्य घटनाहरूमा वृद्धि भएको र अर्थतन्त्र धरापमा परेको उल्लेख गरे । 

उनले भने, ‘हामीले पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका चुनौतीहरू डरलाग्दो भए पनि सम्बोधन गर्न नसकिने खालका छैनन् । आज हामी यहाँ यिनै चुनौतीहरूको समाधानका लागि उपस्थित भएका छौँ । पर्वतीय इकोसिस्टमको संरक्षण गर्नका लागि पर्वतीय समुदायको क्षमता विकास र आवश्यकता पहिलो प्राथमिकता भएको तथ्यलाई हामी कसैले पनि भुल्नु हुँदैन । हिमाली क्षेत्रको जैविक विविधता संरक्षण, स्थानीय समुदायको जीविकोपार्जनमा टेवा दिन तथा उनीहरूको जलवायु उत्थानशील भविष्यको लागि एकताबद्ध भएर काम गर्ने पवित्र गार्महरु निर्माण गर्न यहाँ उपस्थित सबैलाई आह्वान गर्दछु ।’

पर्वतीय संरक्षणको कार्य एक्लो प्रयासले सम्भव नरहेकाले सबै मिलेर पर्वतहरूको संरक्षण गर्नुपर्ने बताए । उनले जलवायु उत्थानशील भविष्य हासिल गर्न सरकार, अन्तर्राष्ट्रिय संस्थाm स्थानीय समुदाय, अनुसन्धानकर्ता, नागरिक समाज र निजी क्षेत्रले हात मिलाएर काम गर्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ