arrow

वनस्पति स्रोतहरू संरक्षण गर्न नसके भविष्य नै संकटमा जान्छ : मन्त्री चौधरी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
geeta-chaudhary-ban.jpg

काठमामाडौँ । वन तथा कृषि तथा पशुपंछी विकास मन्त्री गीता चौधरीले मानव गतिविधि,जलवायु परिवर्तन र असन्तुलित उपयोगका कारण वनस्पति स्रोतहरु संकटमा परेको बताएकी छिन् ।

वनस्पति विभागको ६६औँ वार्षिकोत्सव तथा २७औँ वनस्पति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले हामीले लिने अक्सिजनदेखि औषधि, खाद्य रोजगारी र आर्थिक विकास जस्ता सबै क्षेत्रमा वनस्पतिको प्रत्यक्ष योगदान भएतापनि अहिले यस क्षेत्र संकटमा रहेको चिन्ता व्यक्त गरिन् ।

मन्त्री चौधरीले वनस्पति स्रोतलाई समयमा नै संरक्षण र व्यवस्थापन गर्न नसके भविष्य नै संकटमा पर्ने धारणा राखिन् ।

उनले भनिन्,‘हामीले लिने अक्सिजन देखि औषधि, खाद्य रोजगारी र आर्थिक विकास जस्ता सबै क्षेत्रमा वनस्पतिको प्रत्यक्ष योगदान रहेको छ । तर मानव गतिविधि,जलवायु परिवर्तन र असन्तुलित उपयोगका कारण वनस्पति स्रोतहरू संकटमा परेका छन् । यसलाई समयमा नै संरक्षण र व्यवस्थापन गर्न नसके हामी आफै आफ्नो भविष्य संकटमा पार्न सक्छौँ ।’

अझै पनि वनस्पतिको कच्चा पदार्थको निर्यात गर्ने परम्परा तोड्न नसकेको बताउँदै उनले अबको बाटो भनेको अनुसन्धान प्रविधिको रहेको धारणा राखे ।

अहिलेको सरकारले नीति र ऐनहरुको विषयमा प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको भन्दै वनस्पति विभागसम्बन्धी आवश्यक नीति कानूनहरू पनि निर्माण गरिने विश्वास दिलाइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ