arrow

सुरक्षित र नियमित हवाई उडान हाम्रो पहिलो प्राथमिकता हो : मन्त्री पाण्डे 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २२ शनिबार
badri-pandey-81-8-22.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित हवाई उडान आफूहरुको पहिलो प्राथमिकता  रहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर यहाँ आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालनमा जोड दिएका हुन् । 

पछिल्लो समय तथ्य र तथ्याङ्क भन्दा पनि लहडको भरमा काम गर्ने प्रवृत्ति बढेको भन्दै लहडको भरमा काम गर्दा देश दुर्घटनामा पर्ने उनको जिकिर छ । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा उनले हवाई दुर्घटनाबारे अनुसन्धान गर्ने स्थायी आयोग निर्माणको लागि कानूनी प्रक्रिया आगाडि बढेको बताए । मन्त्री पाण्डेले यो आयोग बनेपछि नेपाली आकाशमा देखिएको समस्या केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे । 

नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमबीच सहकार्य गर्न सके पनि हवाई क्षेत्रमा देखिएका समस्या समाधान हुने उनको भनाइ छ । यो वर्षको अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको नारा 'दिगो भविष्य : आगामी ८० वर्षको लागि सँगै' भन्ने रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ