arrow

टेलिकमले ल्यायो 'एनटी क्रिकेट धमाका प्याक'

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १४ शुक्रबार
telecom-npl-pack.jpg

काठमाडौँ । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै 'एनटी क्रिकेट धमाका प्याक' सार्वजनिक गरेको छ। मंसिर १३ गते लाजिम्पाटस्थित होटल र्याडिसनमा टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको 'मिट एण्ड ग्रिट' कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रूपमा उक्त एनटी क्रिकेट धमाका प्याकको शुभारम्भ गरेका हुन् ।

यस योजना अन्तर्गत प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि ६९९ रूपैयाँमा ३०० जीबी डेटा उपलब्ध हुनेछ। जसमा प्रतिदिन १० जीबी डेटा प्रयोग गर्न सकिने र १० जीबीको लिमिट पूरा भए बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

यसैगरी ४९९ रूपैयाँमा प्रतिदिन ५ जीबीका दरले १५० जीबी डेटा उपलब्ध हुनेछ, जसमा ५ जीबीको लिमिट पूरा भए बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ।

पोष्टपेड प्रयोगकर्ताका लागि मासिक रेन्टलसमेत समावेश गरिएका धमाका प्याकहरुको समयावधि ३० दिन तथा प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको पनि टेलिकमले जनाएको छ।

मंसिर १४ गतेदेखि आगामी पुस ६ गतेसम्म लागू भएको एनटी क्रिकेट धमाका प्याकहरु मोबाइलबाट*१४१५* ११# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत खरिद गर्न सकिने कम्पनीको भनाइ छ।

एनपीएल मंसिर १५ देखि शुरु भएर पुस ६ गते सकिने छ । 

कार्यक्रममा प्रबन्ध निर्देशक पहाडी अर्यालले सम्पूर्ण खेलप्रेमीको खेलप्रतिको लगावलाई सम्बोधन गर्ने प्रयास स्वरूप सबैले नेपाल प्रिमियर लिगका खेलहरु सस्तो दरमा आफ्नै डिभाइसमा सहज तवरले हेर्न सकुन् भन्ने उद्देश्यले धमाका प्याक सार्वजनिक गरिएको बताइन्।

उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनसक्ने क्रिकेटप्रेमी दर्शकको अत्यधिक चापलाई ध्यानमा राखी अविछिन्न दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनीले मैदान वरिपरि स्मल सेल लगायतका उपकरणका साथसाथै क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को अनुरोधमा मिडिया सेन्टरसञ्चालनका लागि १ जीबीपीएस गतिका २ थान 'एफटीटीएच' निःशुल्क जडान कार्यसमेत सम्पन्न गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ