arrow

गृहमन्त्रीलाई गोइतको धम्की, आफू असुरक्षित रहेको गुनासो गरे लेखीले [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १४ शुक्रबार
lekhi-08-14.jpg

काठमाडौँ । मधेस प्रदेशका गृह,सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले आफू नै असुरक्षित भएको बताएका छन् । गृहमन्त्री लेखी स्वयं असुरक्षित रहेको विषयको पुष्टि गृह, सञ्चार तथा कानून मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले आफैँ पुष्टि गरे । 

मन्त्री लेखीले आफूलाई आर्थिक सहायताको नाममा जयकृष्ण गोइतले धम्की दिएको बताए । आफूलाई केही दिन अगाडी आर्थिक सहयोगका लागि गोइतले फोन गरी धम्की दिएको मन्त्री लेखीले बताए । 

उनले भने, ‘जयकृष्ण गोइतको नाम सुन्नुभएको होला केही वर्ष अगाडीसम्म जनतान्त्रिक तराई मुक्ति मोर्चाको हिंसा गर्थे उनले नै मलाई आर्थिक सहयोगको नाममा धम्की दिए । गोइतले मलाई तपाईँ मन्त्री हुनुहुन्छ श्रोत साधन छ, आर्थिक सहयोग गर्नुस्, नभए कसरी दिनुहुन्छ मलाई थाहा छ भन्दै धम्की दिए ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ