आइतबारदेखि भैरहवा उडान गर्ने सहमतिसँगै थाई एयर एसियामाथिको प्रतिबन्ध फुकुवा
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १६ शुक्रबार
557
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियामाथिको प्रतिबन्ध फुकुवा गरेको छ । प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरेको हो ।
थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कार्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएकोमा कार्तिक ११ गते उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएको थाई एयर एसियालाई प्राधिकरणले प्रतिबन्ध लगाएको थियो ।
थाई एयर एसियाले यसअघि प्राधिकरणसँग भैरहवामा चार र काठमाडौँमा तीन उडान गर्ने प्रतिवद्धता जनाएको छ । सोही अनुसार कार्तिक १८ गतेदेखि भैरहवामा उडान गर्ने शर्तमा सो कम्पनीमाथिको प्रतिवन्ध फुकुवा गरिएको प्राधिकरणले जनाएको छ ।