काठमाडौँ । मनसुनको समयमा लुगाहरू सुकाउन भइरहेको समस्यालाई ध्यानमा राखेर अप्लाइन्स प्रोडुसर माइडियाले अत्याधुनिक फ्रन्ट लोड वासर ड्रायर उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।
माइडिया वासर ड्रायरले लुगाहरूलाई सफा र सुक्खा राख्न सम्पूर्ण समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ । माइडिया फ्रन्ट लोड वासर ड्रायरमा ८ किलोग्रामको वासिंग क्षमता र ६ किलोग्रामको ड्राइंग क्षमता रहेको जनाउँदै कम्पनीले धुलाइलाई छिटो र प्रभावकारी बनाउने दाबी गरेको छ ।
इनभर्टर क्वाट्रो, मोटर र वाटर क्युब ड्रम जस्ता अत्याधुनिक प्रविधिले लुगाहरूलाई नरम र सुरक्षित राख्न मद्दत गर्ने जनाइएको छ । १४०० आरपीएमको उच्च स्पिन स्पीड र १४ वटा विभिन्न प्रोग्रामहरूले आवश्यकता अनुसार धुलाइ र सुकाउने प्रक्रिया सजिलो बनाउने पनि जानकारी दिइएको छ ।
टाइटेनियम रंगमा उपलब्ध यो वासर ड्रायरको आकर्षक लुनार डायल डिस्प्लेले प्रयोग गर्न सजिलो बनाउने, यसको मजबुत निर्माण र ६५ किलोग्रामको नेट तौलले दीर्घकालीन स्थायित्व सुनिश्चित गर्नेसमेत उल्लेख गरिएको छ ।
साथै माइडियाले १ वर्षको कम्प्रिहेन्सिप वारेन्टी र मोटरमा १० वर्षको वारेन्टी प्रदान गर्दछ, जसमा बाहिरी स्टिल केसिंग, टप लिड, फिल्टर र पाइपहरू बाहेकका सबै भागहरू समेटिनेसमेत जनाइएको छ ।
यस वासर ड्रायरले स्मार्ट होम सुविधा पनि प्रदान गर्ने भएको छ जसले आफ्नो स्मार्टफोनबाट वासिंग र ड्राइंग प्रक्रिया नियन्त्रण गर्न अनुमति दिन्छ । त्यस्तै क्विक १५ मिनेट वास, अटो ड्राइ, एयर फ्रेश र मौसम-केन्द्रित सुविधाहरूले लुगाहरूलाई छिटो, ताजा र मौसम अनुसार सुकाउन मद्दत गर्नेछ ।
माइडिया ब्रान्डका वासिङ मेसिन, रेफ्रिजेरेटर, डिशवाशर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान चिम्नी, ग्यास हब, कुकटप जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा रहेको कम्पनीले जनाएको छ ।