arrow

गर्मी छल्न पौडी खेल्दै बाँदर [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
monkey-swims-83-2-25 (5).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । पछिल्ला दिनहरूमा सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा तापक्रम लगातार बढ्दै गएको छ । जेठ महिनाको दोस्रो हप्ता शुरू भएसँगै बढेको चर्को गर्मीको प्रभाव मानिससँगै पशुपंक्षीमा पनि स्पष्ट रूपमा देखिन थालेको छ। 

अत्यधिक गर्मी र रापबाट बच्न पशुपंक्षीहरूले आफ्नै शैलीमा विभिन्न उपाय अपनाइरहेका छन् । यसैबीच ऐतिहासिक तथा पर्यटकीय स्थल स्वयम्भूनाथ स्तूप परिसरमा यतिबेला रोचक दृश्य देखिन थालेको छ। 

परिसरभित्र निर्माण गरिएको पोखरीमा त्यहाँ बसोबास गर्ने बाँदरहरू दैनिकजसो पौडी खेल्दै रमाइरहेका भेटिन्छन् । तिर्खा मेट्नुका साथै शरीरलाई शीतल बनाउने उद्देश्यले बाँदरहरू पानीमा हाम फाल्ने, डुबुल्की मार्ने र पौडी खेल्ने गरिरहेका छन् ।

बढ्दो गर्मीसँगै स्वयम्भूका बाँदरहरूले पोखरीलाई शीतलता प्राप्त गर्ने माध्यम बनाएका छन्। गर्मी छल्न उनीहरूको यस्तो गतिविधिले त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यानसमेत आकर्षित गरिरहेको छ ।
 

monkey-swims-83-2-25 (2).jpg
monkey-swims-83-2-25 (3).jpg
monkey-swims-83-2-25 (4).jpg
monkey-swims-83-2-25 (5).jpg
monkey-swims-83-2-25 (6).jpg
monkey-swims-83-2-25 (7).jpg
monkey-swims-83-2-25 (8).jpg
monkey-swims-83-2-25 (9).jpg
monkey-swims-83-2-25 (10).jpg
monkey-swims-83-2-25 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ