पुराना पार्टीहरूसँग लसपस गरिरहे समाप्त हुनसक्ने खतरा
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
505
Shares
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना पार्टीहरूसँग लसपस गरिरहे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समाप्त हुनसक्ने खतरा औँल्याएका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसर पारेर काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले पुराना दलहरूसँगको सम्बन्धलाई तत्कालीन कार्यनीतिको रूपमा लिँदै देशलाई विकल्प दिनका लागि वैकल्पिक राजनीतिक शक्तिहरूसँगको सहकार्यलाई रणनीतिक रूपले अघि बढाउन पनि रास्वपाको नेतृत्वलाई सुझाव दिए । उनले रास्वपाको दुई वर्षे कार्यकालमा राम्रो प्रगति भएको प्रतिक्रिया पनि दिए ।
उनले भने, मेरो पूरै शुभकामना छ । खाली एउटै सुझाव मैले उहाँहरुलाई भन्ने पनि गरेको छु–अब पुराना दलहरूसँगको सहकार्यलाई तत्कालीन कार्यनीतिक रूपमा लिनुपर्छ । र वैकल्पिक नयाँ शक्तिहरूसँगको सहकार्य गरेर देशलाई साँच्चिकै विकल्प दिनका लागि स्ट्राटिजी बनाउनु पर्छ । यसरी सन्तुलन भयो भने ठिक हुन्छ । नत्र पुराना शक्तिहरूसँग बढी नै लसपस गर्न थालियो भने त्यसले स्ट्राटिजीमा नोक्सान गर्ने र हराउने खतरा हुन्छ भन्ने मेरो सुझाव छ ।'