arrow

जेठ १५ गते दिउँसो १ बजे बजेट प्रस्तुत गरिने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
parliament-81-2-13e.jpg

काठमाडौँ । नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१–२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराए । 

उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरेका छन् । 

संसदको सबैभन्दा ठूलो एवं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधबीच सरकारले अहिलेसम्मका गतिविधि गर्दै आएको छ । विरोधबीच नै नीति तथा कार्यक्रम पारित भएको छ । 

गृहमन्त्री रवि लामिछाने लाखौँ नेपालीले बचत गरी राखेको सहकारीको ठगी प्रकरणमा मुछिएपछि उनीमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले विरोध गरिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ