arrow

सरकारले त्यागेन हठ

प्रतिनिधि सभा र राष्ट्रिय सभा जेठ १ गतेसम्मका लागि स्थगित [फोटोफिचर]

सम्पूर्ण सहकारी पीडितको माग सम्बोधन हुने गरी संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने कांग्रेसको अडान 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
parliament-81-01-28-(23).jpg

काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद्को बैठक स्थगित गरेका हुन् ।

शुक्रबारको दोस्रो बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए ।

कांग्रेसका सांसदहरुको लगातारको नाराबाजीपछि सभामुखले प्रतिनिधि सभाको बैठक जेठ १ गते साँझ ६ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

राष्ट्रिय सभाको बैठक पनि जेठ १ गतेसम्मका लागि स्थगित गरिएको छ । 

यसअघि कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै आएकामा सरकारले भने पेल्ने नीति लिएको छ । 

लामिछानेबारे छानबिन गर्दा सत्ता गठबन्धन हल्लिने आभाषसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले भने ढाकछोप गर्दै आएका छन् । 

कांग्रेसले सम्पूर्ण सहकारी पीडितलाई सम्बोधन हुने गरी सहकारी प्रकरणको छानबिन गरिनु पर्ने माग गरेको छ । 

जेठ १ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।
    

parliament-81-01-28 (14).jpg
parliament-81-01-28 (15).jpg
parliament-81-01-28 (16).jpg
parliament-81-01-28 (17).jpg
parliament-81-01-28 (18).jpg
parliament-81-01-28 (19).jpg
parliament-81-01-28 (20).jpg
parliament-81-01-28 (21).jpg
parliament-81-01-28 (22).jpg
parliament-81-01-28 (23).jpg
parliament-81-01-28 (1).JPG
parliament-81-01-28 (2).JPG
parliament-81-01-28 (3).JPG
parliament-81-01-28 (4).JPG
parliament-81-01-28 (5).JPG
parliament-81-01-28 (6).jpg
parliament-81-01-28 (7).jpg
parliament-81-01-28 (8).jpg
parliament-81-01-28 (9).jpg
parliament-81-01-28 (10).jpg
parliament-81-01-28 (11).jpg
parliament-81-01-28 (12).jpg
parliament-81-01-28 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ