arrow

पत्रकार महासंघको २७ औँ महाधिवेशन

प्रेस स्वतन्त्रतामाथि कुनैपनि किसिमको नियन्त्रण वा अंकुश हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता [भिडियो]

ज्येष्ठ पत्रकार, अपाङ्गता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
prachanda-01-21.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रतामाथि कुनैपनि किसिमको नियन्त्रण वा अंकुश हुन नदिने प्रतिबद्धता जनाएका छन् । शुक्रबार काठमाडौँमा नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

प्रधानमन्त्री दाहालले मिडिया सम्बन्धी कानून निर्माणको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने नीति लिएको बताए । उनले ज्येष्ठ पत्रकार, अपाङ्गता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गर्न लागेको जानकारी दिए । उनले प्रेस स्वतन्त्रतामाथि कुनैपनि किसिमको नियन्त्रण वा अंकुश हुन नदिने प्रतिबद्धता पनि जनाए।

उनले भने, ‘मिडिया सम्बन्धी अनेक कानून निर्माणको प्रक्रियालाई पनि सरकारले प्राथमिकतामा राखेको छ । सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने नीति लिएको छ । सरकारले पूर्व प्रवाह गर्ने सबै सरकारी विज्ञापन न्यायिक ढङ्गले वितरण गर्ने व्यवस्था गरेको छ । ज्येष्ठ पत्रकार, अपाङ्गता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिँदै छ । प्रेस स्वतन्त्रतामाथि कुनैपनि किसिमको नियन्त्रण वा अंकुश हुन दिइने छैन । मिडियासँग सम्बन्धित विधेयकमा केही प्रश्नहरू तपाईँहरूले उठाइसकेपछि मैले त्यसलाई अहिले रोकेर फेरि पत्रकारहरूसँग छलफल गरी त्यसको सम्बोधन गरी नयाँ विधेयक लैजानुपर्छ भनेर रोकेको छु ।’

 उनले नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरू नाफामा गएको बताए । उनले नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको बताए । उनले हालै सम्पन्न लगानी सम्मेलनमा उत्साहवर्द्धक रूपमा विदेशी लगानीकर्ताहरूको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको उल्लेख गरे । उनले आफूले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति र अहिलेको देशको आर्थिक स्थितिमा धेरै सुधार भएको जिकिर गरे । 

उनले शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व सङ्कलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरू बिस्तारै सकारात्मक दिशातिर अघि बढेको बताए । उनले वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको, बैङ्कको ब्याजदर घटाइएको र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको बताए । उनले सार्वजनिक संस्था र संस्थान व्यवस्थापन सुधार शुरु गरिएको बताए ।

उनले भने, ‘मैले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति के थियो ? तपाईँ हामी कुन सन्त्रासमा गुज्रिएका थियौँ भन्ने कुरा हामी सबैलाई थाहा छ । तर अहिले क्रमशः सुधार आइसकेको छ । शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व सङ्कलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरू बिस्तारै सकारात्मक दिशातिर अघि छन् । वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको छ । बैङ्कको ब्याजदर घटाइएको छ । लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको छ । सार्वजनिक संस्था र संस्थान व्यवस्थापन सुधार गरिँदै छ । नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरू नाफामा गएका छन् । नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको छ । भर्खरै हामीले सम्पन्न गरेको लगानी सम्मेलन र त्यहाँ उत्साहवद्र्धक झन्डै ६० देशका प्रतिनिधिहरूको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ