arrow

प्रधानमन्त्री नपाएको झ्वाँक पोखे नेपालले [भिडियो]

धिक्कार छ म भन्न चाहन्छु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
madhav-nepal-2081-01-17.jpg

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री नपाएको झ्वाँक पोखेका छन्  ।  

नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको बताएका छन् । उनले जसले जे भने पनि आफूहरूका लागि अनुकूल वातावरण बनाउने कुरामा ध्यान दिने बताए । 

नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै आफू प्रधानमन्त्री बन्छ भनेर पोल्ने प्रवृत्तिलाई हामीले धिक्कार छ भन्न चाहेको पनि बताए ।

उनले भने, ‘हामी प्रधानमन्त्री बन्छौँ भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरू पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ म भन्न चाहन्छु । त्यसो हुनाले परिस्थितिलाई हामीले आफ्नो अनुकूल बनाउने कुरामा हाम्रो ध्यान जानुपर्छ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ