arrow

ओलीलाई कटाक्ष

गठबन्धन फुटको संघारमा, माधवले भने- कति दिनसम्म चल्छ भन्न सक्दिन [भिडियो]

कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
oli-madhav-new-.jpg

काठमाडौँ । गठबन्धन फुटको संघारमा पुगेको संकेत नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।  उनले वर्तमान सत्ता गठबन्धनमा आफूहरूले सहजता महसुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने आशंका व्यक्त गरेका छन् । 

वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताउँदै नेपालको राजनीति जटिल रहेको बताए । उनले छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै उनले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्न उठिरहेका भन्दै गठबन्धन लामो समयसम्म जानेमा आशंका व्यक्त गरे । उनले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको जिकिर गरे । कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि आफूहरू राजनीतिमा नआएको बताए । 

उनले भने, ‘नेपालको राजनीति जटिल छ । छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले दिनुहुनेछ । मैले दिन सक्दिन । तर पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ । कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ । कसैको दास बन्ने हाम्रो नियत होइनौँ ।’

केही समय अघि प्रदेश सरकारलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमाथि टिप्पणी गरेका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ