arrow

मंगलबार टोखामा बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
tokha-jatra.JPG

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले बिस्का जात्राका अवसरमा भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । 

टोखाको गत चैत २९ गते बसेको नगर कार्यपालिकाको बैठकले वैशाख १ देखि ५ गतेसम्म मनाइने बिस्का जात्राका अवसरमा वैशाख ३ गते टोखा नगरपालिकाको वडा नं २ र ३ साथै वैशाख ४ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले वैशाख ३ गते दुईवटा वडा र वैशाख ४ गते टोखा नगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्था बन्द हुने जानकारी दिए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ