arrow

काठमाडौँका आठ खोला सफाइ [फोटोफिचर] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २९ बिहिबार
dhobikhola-clean-80-12-28-(.jpg

काठमाडौँ ।  हरियो ज्याकेट लगाएर मान्छेहरु खोलामै पसेर काम गरिरहेको दृष्य अहिले राजधानीको सेतोपुलदेखि एक टोली र अनामनगरदेखि माथि एक टोली देख्न सकिन्छ । 

गत चैत १८ गतेदेखि धोवीखोला अथवा रुद्रमती र बागमती नदी दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ शुरू भएको थियो । श्रम बैङ्कबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालिएको हो । 

सफाइ हरेक दिन बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । पहिलो चरण अन्तगर्त खोलाको फोहर उठाएर छेउँमा जम्मा गर्दै आएको छ । फोहोर पूर्ण रुपमा जम्मा गरिसकेपछि डोजर लगाएर फोहर झिकिने छ । 

काठमाडौँमा मुख्यतया नौ वटा खोला छन् । सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लाष्टिक रहेको छ । यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहर भेटिने गरेको छ । 

यीमध्ये बागमतीको पहिलेदेखि सफाइ भइरहेकोले महानगरपालिकाले यो नदी सफाइ गर्ने योजना बनाएको छैन । यस बाहेकका आठ वटा खोलाको सफाइलाई नियमित सञ्चालन गरिनेछ ।

dhobikhola-clean-80-12-28 (1).jpg
dhobikhola-clean-80-12-28 (2).jpg
dhobikhola-clean-80-12-28 (3).jpg
dhobikhola-clean-80-12-28 (4).jpg
dhobikhola-clean-80-12-28 (5).jpg
dhobikhola-clean-80-12-28 (6).jpg
dhobikhola-clean-80-12-28 (7).jpg
dhobikhola-clean-80-12-28 (8).jpg
dhobikhola-clean-80-12-28 (9).jpg
dhobikhola-clean-80-12-28 (10).jpg
dhobikhola-clean-80-12-28 (11).jpg
dhobikhola-clean-80-12-28 (12).jpg
dhobikhola-clean-80-12-28 (13).jpg
dhobikhola-clean-80-12-28 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ