arrow

वनस्पति विभागको ६७ औँ वार्षिकोत्सव

छिटै वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याउँदैछौँ - मन्त्री सुडी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २९ बिहिबार
nawalkishor-shaha.jpg

काठमाडौँ । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताएका छन् । बिहीबार काठमाडौँमा वनस्पति विभागको ६७ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले वनस्पति विभागले गरिराखेका कामहरू थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए । तत्काल वनस्पति ऐन आवश्यक रहेको र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रस्तावित वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याउनु रहेको बताए । उनले जडीबुटी र सुगन्धित तेलको व्यापार प्रवर्द्धनमा निरन्तरता दिनुपर्ने बताए । 

उनले मानवीय वा जलवायु परिवर्तनका कारण दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहु उपयोगी वनस्पतिहरू दिनप्रतिदिन सङ्कटमा परिरहेको बताए । उनले बहु उपयोगी वनस्पति विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, संवर्द्धन तथा अनुसन्धान गर्ने काम समयमै सफल गर्नुपर्ने चुनौती रहेको बताए । उनले राष्ट्रिय वनस्पति उद्यान लगायत देशका विभिन्न हावा, पानी र भौगोलिक क्षेत्रमा रहेका अन्य वनस्पति उद्यानहरूलाई समेत समय सापेक्ष रूपमा विकास गरी पर्यापर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘राष्ट्रको अमूल्य सम्पदाको रूपमा रहेको वनस्पतिको योगदान हाम्रो दैनिक जीवनयापनदेखि राष्ट्रिय अर्थतन्त्र विकासमा महत्त्वपूर्ण रहँदै आएको छ । विशेष गरी स्थानीय वनस्पतिहरूको स्थानीय समुन्नति रोजगारी सिर्जनामा पनि उत्तिकै योगदान रहेको छ । मानवीय कारण वा जलवायु परिवर्तन वा अन्य विभिन्न कारणले गर्दा दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहु उपयोगी वनस्पतिहरू दिनप्रतिदिन सङ्कटमा परिरहेका छन् । यस्ता बहु उपयोगी वनस्पति विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, संवर्द्धन तथा अनुसन्धान गर्ने काम समयमै सफल गर्नुपर्ने चुनौती छन् । नेपाललाई विश्वमा चिनाउने सबै वनस्पतिय भागहरूलाई समयभित्रै प्रकाशन गर्न आवश्यक श्रोत, साधन र बजेटको व्यवस्था गरी प्रभावकारी ढङ्गले अघि बढाउन आवश्यक छ । राष्ट्रिय वनस्पति उद्यान लगायत देशका विभिन्न हावा, पानी र भौगोलिक क्षेत्रमा रहेका अन्य वनस्पति उद्यानहरूलाई समेत समय सापेक्ष रूपमा विकास गरी पर्यापर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक छ । जडीबुटी खेतीमार्फत स्थानीयको आयमा टेवा दिने काममा लाग्नुपर्छ । जडीबुटी र सुगन्धित तेलको व्यापार प्रवर्द्धनमा निरन्तरता दिनुपर्छ । वनस्पति विभागले गरिराखेका कामहरू थप प्रभावकारी बनाउन र आम जनसमुदायसम्म पुर्‍याउन तत्काल वनस्पति ऐन आवश्यक रहेको र मेरो र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रस्तावित वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याउन रहेको छ ।’

मन्त्री सुडीले वनस्पति विविधताको अध्ययन, अनुसन्धानबाट प्राप्त नतिजालाई जनस्तरसम्म पुर्‍याइ स्थानीयको जीवनस्तर सुधार गर्न आवश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ