arrow

सरकारलाई कांग्रेसले उठाएका विषय सम्बोधन गर्न एसका उपाध्यक्ष पाण्डेको माग 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
rajendra-pandey-80-12-28.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले सहकारीमा ठगि भएको विषयमा छानबिन गरेर पीडितलाई न्याय दिन माग गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले प्रमुख प्रतिपक्षी दलले उठाएको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै सहकारी पीडितलाई न्याय दिनुपर्ने बताए ।

उनले २०४७ सालदेखि सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने विषय अहिले उठिरहेको उल्लेख गर्दै एकीकृत समाजवादी यो प्रस्तावको समर्थन गर्ने र यसलाई अगाडि बढाउनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ