arrow

एकताबद्ध भएर लागे इलाममा निर्वाचन जित्ने कांग्रेसको दाबी [भिडियो]

प्रचारमा गर्नुपर्ने विषयमा कांग्रेस गम्भीर भएर लाग्नुपर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २४ शनिबार
mahat-congress.jpg

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाममा हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । शनिबार काठमाडौंको एक कार्यक्रममा बोल्दै उनले सिंगो पार्टी पङ्क्ति एकीकृत भएर लाग्ने हो भने विगतमा ११४ मतले हारेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा आफ्नो पार्टीले जित्न सक्ने जिकिर गरेका हुन् । 

प्रवक्ता महतले पार्टीको जिल्ला सभापति समेत रहेका डम्बर खड्कालाई पार्टीले जित्ने भएकाले उम्मेदवार दिएको पनि बताए । उनले बझाङको प्रदेश १ को उपनिर्वाचनमा पनि कांग्रेसले जित हासिल गर्न सकिने भएकाले एकताबद्ध भएर प्रचार अभियानमा जुट्नुपर्ने आवश्यकता औँल्याए।

प्रवक्ता महतले भने, ‘अहिले हामी दुई वटा उपनिर्वाचनमा जाँदैछौं । इलाम जिल्लामा सङ्घीय संसद्को निर्वाचनमा त्यहाँ खाली भएको ठाउँमा निर्वाचनमा जाँदैछौं । त्यहाँ यो भन्दा अगाडिको आम निर्वाचनमा पनि अत्यन्तै झिनो मत ११४ मतले मात्रै हारेको हो । डम्बर खड्का, जिल्लाको पार्टी सभापति र तुलनात्मक रूपमा युवा उम्मेदवार हामीले दिएका छौं । हाम्रो पार्टी एकीकृत भएर त्यहाँ भिड्ने हो भने हामी निर्वाचन जित्छौँ । त्यस्तै बझाङमा पनि त्यो सम्भव छ ।’

प्रवक्ता महतले पार्टीले जनताको पक्षमा गरेका कामको प्रचारमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। तिल जति काम नगरेकाले पहाड जत्रो प्रचार गरेर हिँड्ने गरेको भन्दै उनले पार्टी कामको प्रचारमा गर्नुपर्ने विषयमा नेपाली कांग्रेस गम्भीर भएर लाग्नुपर्ने बताए ।



नयाँ