arrow

एकै दिन पाँच मन्त्रालयसँग छलफल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
kanun-samiti-nepal.jpg

काठमाडौँ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुङ्गोमा पुर्‍याउन कानून, न्याय तथा मानव अधिकार समितिले सक्रियता देखाएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई समितिबाट छिटोभन्दा छिटो पारित गर्ने उद्देश्यका साथ कानून, न्याय तथा मानव अधिकार समितिले दफावार छलफललाई तीव्रता दिएको हो । 

केही दिन अघिदेखि विधेयकमा परेको संशोधनको सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग छलफल गरिरहेको समितिले शुक्रबार मात्रै पाँच वटा मन्त्रालयसँग सम्बन्धित विषय तथा दफाहरूमा छलफल गरेको छ । शुक्रबार (आज) केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित विषय एवं दफाहरूका सम्बन्धमा छलफल गरेको छ । 

छलफलका क्रममा सम्बन्धित मन्त्रालयका मन्त्रीहरू तथा सचिवहरूको उपस्थिति रहेको थियो । आजको बैठकमा विधेयकमा गृह मन्त्रालयसँग सम्बन्धित विधेयकको दफाहरू ५३ र ७४ मा परेको संशोधनलाई गृह मन्त्रालयले स्वीकार गरेको जनाएको छ भने अन्य मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल भए पनि कुनै निष्कर्ष निस्किन सकेको छैन । 

समिति सभापति विमला सुवेदीले दफावार छलफलका क्रममा निष्कर्षमा पुगेका विषयलाई सोही अनुसार गर्ने र निष्कर्षमा पुग्न बाँकी रहेका विषयलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्बन्धितसँग थप छलफल गर्ने र आगामी दिनमा बस्ने समितिको बैठकमा छलफल गरी निष्कर्षमा पुगिने बताइन् ।

समितिको अर्को बैठक चैत्र २५ गते आइतबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ