arrow

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक लाई एक हप्ताभित्र टुंगोमा पुर्‍याउनुपर्छ- कानूनमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २२ बिहिबार
padam-giri-minister.jpg

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्ता भित्रमा टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफलको क्रममा बोल्दै मन्त्री गिरीले सो विधेयकलाई एक हप्ताभित्र टुंगोमा पुर्‍याउनुपर्ने बताएका हुन् ।

 उनले संसद्को हिउँदे अधिवेशनको समय धेरै बाँकी नरहेको भन्दै चालु हिउँदे अधिवेशनमै समितिले विधेयकलाई पारित गरेर संसद्मा पठाउनुपर्ने बताए । उनले एक हप्ताभित्र पारित गर्ने गरी तीव्रताका साथ काम गर्नुपर्नेमा जोड दिए । चालु अधिवेशनमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद्मा पुर्‍याउन सके राम्रो उपलब्धि हुने उनको भनाई छ ।

उनले भने – ‘मैले यसभन्दा अगाडीको बैठकमा पनि माननीयज्यूहरूलाई आग्रह गरेको थिएँ, संसद्को यो हिउँदे अधिवेशनको धेरै समयावधि सायद छैन । यसबिचमा हामीले कम्तीमा पनि यो केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुङ्ग्याएर ऐनको रूपमा अगाडी बढाउनको निम्ति सक्यौँ भने राम्रो उपलब्धि हुनसक्छ भन्ने लागेको छ । हामीसँग धेरै समय छैन । जसले गर्दा खेरी हामी तीव्रताका साथ काम गर्नुपर्ने छ र आउने एक हप्ताभित्र यसलाई टुंगोमा पुर्‍याउनुपर्ने छ र संसद्मा प्रतिवेदन बुझाउने स्थितिमा हामी जान सक्यौँ भने राम्रो उपलब्धि हुन्थ्यो भन्ने मलाई लाग्छ ।’

उनले छलफलका क्रममा सांसदहरूले राखेको सुझावहरूको सन्दर्भमा मन्त्रालयमा छलफल गरेर धारणा तय गर्ने बताए । विधेयकको सम्बन्धमा बाँकी रहेका छलफलहरूमा सम्बन्धित मन्त्री बसेर छलफल अगाडी बढ्ने उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ