arrow

सुन तस्करी प्रकरण

भाग्न खोज्दा सीआईबीको फन्दामा परेका महरा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
mahara-pakrau-12-05.jpg

काठमाडौँ । सोमबार बिहान पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परे । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई भारतको सीमावर्ती जिल्ला कपिलवस्तुको मायादेवी-१ पकडिबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गर्‍यो । 

अवैध सुन तस्करी प्रकरणमा नाम जोडिएपछि भारत भगाइन खोज्दा बाटैमा महरा पक्राउ परेका हुन् । प्रहरी प्रशासनले यहाँ उनलाई कुनै पनि बेला समात्ने भइसकेपछि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई भारततर्फ भाग्न सहज हुने गरी काठमाडौँ छोड्न लगाएका थिए ।

ब्रेक सु र विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको सुन तस्करीमा महराको नाम जोडिएको छ । महराका छोरा राहुल जेलमै छन् । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाट खुलेको छ। 

महरालाई प्रहरीले भैरहवा विमानस्थलबाट यति एयरको विमानबाट काठमाडौँ ल्याइयो । त्यसपछि महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो ।

सोमबारै काठमाडौँ जिल्ला अदालतले उनलाई चार दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न समय दिएको छ । जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा सुनुवाइ भएपछि महरालाई चार दिन थुनामा राख्न म्याद दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ