arrow

सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर

प्रचण्डलाई विश्वासको मत दिन एसले थाप्यो अड्को [भिडियो]

राष्ट्रिय सभा अध्यक्षमा पनि त्यस्तै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
prachanda-madhav-nepal-new.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको नेकपा (एकीकृत समाजवादी) ले अड्को थापेको छ । 

एसले प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताए । 

उनले राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाए मात्रै आफ्नो पार्टीले राष्ट्रिय सभा अध्यक्षमा सहयोग गर्ने बताए । 

उनले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरूको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी नरहेको बताए ।

उनले भने, ‘भोलि हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीज्युले लिने विश्वासको मत लिने बारेमा निर्णय गरेका छैनौँ । हामीले भनेको केही कुरामा उनले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिन सक्छौँ । र प्रतिनिधि सभामा उनले लिने विश्वासको मतमा पोजेटिभ हुन सक्छौँ । तर उनले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ । उनमै भर पर्छ । सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ । सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न ।’

नयाँ गठबन्धनमा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी १५१ सांसद छन् । बहुमतका लागि प्रचण्डलाई १३८ मत चाहिन्छ । यदी प्रचण्डलाई एकीकृत समाजवादीले मत नदिए र अन्य चार दलका सबै सांसदले मत दिए विश्वासको मत पुग्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ