arrow

गणतन्त्रको विरोध गर्नेलाई सापकोटाको प्रश्न र शाहीको जवाफ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
gyanendra-shahi-madhav-sapk.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संविधान र गणतन्त्रका बारेमा उठाइने प्रश्नप्रति सभामुख गम्भीर हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सापकोटाले संविधानअनुसार संघमा मन्त्री र प्रदेशमा सभामुख लिने फेरि संविधान र व्यवस्थाको विरोध गर्ने भनेर राप्रपाप्रति प्रश्न उठाएका थिए । 

उनले वर्तमान संविधान र व्यवस्थाको विकल्प राजा र राजतन्त्रवादी हुन नसक्ने पनि स्पष्ट पारे । उनले भने, ‘यो संसदमा यो संविधानका विरुद्धमा बेला बखतमा जसरी विरोध गरिराखिएको छ, हमला गरिराखिएको छ, यसलाई जसरी ध्वंश गर्न खोजिराखिएको छ, यसका बारेमा सचेत तुल्याइनुपर्छ । यही संविधानले दिएको लोगो र यसले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने, लोगो लगाएर सारा सेवा, सुविधा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने, प्रदेशतिर गएर सभामुख पनि लिने तर फेरि यो संविधानलाई विरोध गर्ने ?’

जवाफमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिवाद गरे । शाहीले संविधानमा फरक मत राख्ने अधिकार सुरक्षित रहेको भन्दै सापकोटालाई संविधान पढ्न सुझाव दिए । जनताको हत्या र हिंसा गरेर राप्रपाका सांसद संसदमा नआएको भन्दै उनले राजीनामा किन दिनुपर्ने भन्दै प्रश्न गरे । 

 ‘यो देशमा यो व्यवस्था चाहिने नचाहिने संशोधन गर्न पाइन्छ भनेको छ । कसैले विचार मिल्दैन भन्दै अमूक मान्छेले राजीनामा माग्न पाइँदैन । अलिकति ज्ञान भए संविधान पढेर आउनू, आउँदैन भने हामीसँग सिकाइ माग्नुप¥यो । संविधानले विशेष अधिकार दिएको छ । कुनै पनि सांसदले स्पष्ट रूपमा वाक् स्वतन्त्रता दिएकाले कसैले राजीनामा माग्न पाइँदैन,’ उनले भने, ‘मैले किन राजीनामा दिने ? मैले आठ–नौ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेको बसमा बम हानेर मारेको हो ? किन राजीनामा दिने ? मैले नेपाली जनता मारेको हो ? जातजाति, धर्मको नाममा हिंसा गरेर आएको हो ?’

राप्रपाका शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए । तर पाण्डेको नियमापत्तिको सत्तारुढ दल कांग्रेसका सांसद सुनील शर्माले पाण्डेको विरोध गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ