विमानस्थल पीपीपी मोडलमा सञ्चालन आवश्यक : मन्त्री किराती
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
390
Shares
धरान । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सार्वजनिक निजी साझेदारीमा सञ्चालनका लागि अध्ययन समिति गठन गरिएको बताएका छन् ।
धरान नगरपालिकामा आयोजित संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीएक कार्यक्रममा उनले १० वर्षमा ३५ लाख विदेशी पर्यटक ल्याउने लक्ष्य पूरा गर्न काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्रै नधान्ने भन्दै नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जरुरी रहेको भन्दै उक्त अध्ययन समिति गठन गरिएको बताए ।
सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको भन्दै उनले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐन परिवर्तन आवश्यक रहेको बताए । उनले पर्यटन नीतिको मस्यौदा अर्थ मन्त्रालय पठाइसकिएकोसमेत बताए ।