- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाललाई भारतले दिने अनुदान बढेको छ । आर्थिक वर्ष २०२४–२५ का लागि भारतले नेपालका लागि ११ अर्ब २० करोड रुपैयाँ (७ अर्ब भारु) विनियोजन गरेको छ।
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार आगामी आर्थिक वर्ष २०२४–२५ को लागि बजेट सार्वजनिक गर्दै नेपालको लागि अनुदान बढाएकी हुन् ।
सीतारमणले भारतले नेपालका लागि चालु आर्थिक वर्षको लागि विनियोजन गरेको अनुदान रकम संशोधन गरी १० अर्ब ४० करोड रुपैयाँ (६ अर्ब ५० करोड भारु) पुर्याइन् ।
चालु आर्थिक वर्ष २०२३–२४ का लागि भारतले नेपाललाई ८ अर्ब ८० करोड (५ अर्ब ५० करोड भारु) विनियोजन गरेको थियो । आर्थिक वर्ष २०२२–२३ मा भारतबाट नेपालले ४ अर्ब ३४ करोड भारु अनुदान प्राप्त गरेको थियो ।
भारतले भुटानलाई सबैभन्दा धेरै २० अबं ६८ करोड अनुदान तथा ऋण उपलब्ध गराउने भएको छ ।