arrow

भारतीय उद्योग मन्त्री गोयल भन्छन् – नेपालको विकासमा भारत सधै भरपर्दो साझेदार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
piyush-goyal-indian-leader.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले नेपालको विकासमा भारत सधै भरपर्दो साझेदार रहेको बताएका छन् । काठमाडौँमा जारी तेस्रो नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गोयलले भिडियो सन्देश दिँदै नेपाल र भारतको सम्बन्ध बलियो रहेको र विकासमा भारत सधै भरपर्दो मित्र रहेकोसमेत बताएका हुन् ।

उनले नेपाल र भारतको सीमाना मात्र नभई गहिरो मित्रता र समृद्ध भविष्यको परिकल्पना रहेको पनि दोहोर्‍याएका छन् । लगानी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने आश्वासन दिए ।

आइतबार काठमाडौँमा आयोजित तेस्रो नेपाल लगानी शिखर सम्मेलन २०२४ को उद्घाटन सत्रमा सम्बोधन गर्दै श्रीवास्तवले नेपालमा भारतबाट लगानी प्रवद्र्धन गर्नाले व्यापारिक सुविधा मात्रै नभई व्यापारका अवसर पनि सृजना हुने कुरामा जोड दिए । 

उनले द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउन नेपालले भारतमा विद्युत् निर्यातको महत्वलाई उजागर गरे । उनले आगामी दिनमा नेपालमा लगानी बढाउन भारतको प्रतिबद्धता दोहोर्‍याए । 

राजदूत श्रीवास्तवले नेपाल र भारतबीच एकीकृत जाँच चौकी स्थापना, क्रस बोर्डर विद्युत प्रसारण सुविधा, ऊर्जा व्यापारलगायतका क्षेत्रमा सक्रिय सहयोग रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ